कास्कीको ल्वाङघलेलमा किशोरीलाई बलात्कार, बलात्कार आरोपमा एक पक्राउ

पोखरा, १२ मंसिर / कास्कीको ल्वाङघलेलमा किशोरीलाई एक युवकले बलात्कार गरेका छन् । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो ।

४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बलात्कार गर्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना शनिबारको हो । लुम्रे खोराको मुखबाट ल्वाङघलेल हुँदै एउटा गाडी पोखरा आयो । सोही गाडीमा ति किशोरी र उनकी भाउजु पोखराका लागि चढे । किशोरी सिम्पानी झरिन् र उनकी भाउजु हरिचोक । फर्किने बेला ति किशोरी सिम्पानीबाटै गाडीमा चढिन् ।

गाडीको नम्बर थियो ना ५ ख ८८३६ । उनी झर्ने ठाउँ लाहाचोक पुगेपछि गुरुङले झर्न भने तर किशोरी झरिनन् । गाडी ल्वाङ पुग्यो । ल्वाङको ६ नम्बर होम स्टे सोही गाडीका चालक र गाडीका सहयोगीको बासस्थान थियो ।

सुरज आफ्नै बाबुको गाडीमा सहयोगीको रुपमा काम गर्थे । ल्वाङ पुग्दा साँझ परिसकेको थियो । किशोरी फर्किने समय थिएन । सुरजले ति किशोरीलाई त्यही होमस्टेमा बस्न भने । उनी त्यहीँ बसिन् ।

किशोरीलाई एउटा कोठामा बासको व्यवस्था गरेर सुजन अर्को कोठामा गए । किशोरी बसेको कोठाको चुक्कल विग्रीएको थियो । रातको ९ बजे सुजन किशोरीको कोठामा गएर सँगै सुत्न आग्रह गरे ।

किशोरीले नमानेपछि सुजनले किशोरीको दुवै हात बाँधेर जर्वजस्ती गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका किशोरले भने सहमतिमै घटना भएको दावी गरेका छन् । यद्यपी घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भोलिपल्ट सोही गाडीमा चढेर किशोरी घरमा झरिन् भने सुरज पोखरा आए । घरमा किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारले सोधेर उनले घटनाबारे भनेकी थिईन् ।

परिवारले किटानी जाहेरी दिएपछि सुरजलाई मंगलबार राती १० बजे पिएन क्यापसको माथिल्लो गेटबाट पक्राउ गरिएको हो । घटनाका बारेमा पूरा विवरण आउन बाकी रहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...