पत्रकार पराजुलीलाई मातृशोक

पोखरा, २ असोज / न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष पत्रकार गंगाधर पराजुलीलाई मातृशोक परेको

छ । उनकी आमा कलावती पराजुलीको सोमवार पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

पोखरा ६ वैदाम निवासी स्वर्गीय पराजुलीका ४ छोरा कविराज पराजुली, भेषराज पराजुली, अग्नीधर पराजुली र

गंगाधर पराजुली तथा छोरी दुर्गादेवी पराजुली छन् ।

स्वर्गीय पराजुलीको मंगलबार विहान ९ वजे तुलसीघाटमा अन्तिम दाहासंस्कार गरेका छन् ।

पत्रकार सगँ सम्बन्धी विभिन्न संघसस्थाले शोक व्यक्त गरेका छन् ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीले एक शोक विज्ञप्ति प्रकाशित गरि सल्लाहकार गंगाधर पराजुलीको आमाको

निधन प्रति दुःख व्यक्त गरेको छ ।

युनियनका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा पराजुलीको निधनले युनियन स्तव्ध बनेको जनाएको

छ । विज्ञप्तिमा पराजुलीको निधन प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरिएको छ

कमेन्टहरु
Loading...