सुत्केरी बोकेको जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

पाल्पा, २८ मंसिर/पाल्पाको पुर्वखोला गाउंपालिका वडा नम्बर २ मा बिहीबार राती भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जादै गरेको लु १ च २६५३ नम्वरको जिप राती ८ बजे दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नम्बर ८ की ३३ बर्षिय यानिसर गाँहा, बुमा कुमारी दर्लामी, रेवत बहादुर जिसी, कुनिसरा रुचाल, सोही ठाउँकै जिप चालक २० बर्षिय विरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी घाईते हुनेहरुमा माथाँगढी ८ कै ४० बर्षिय सुरेन्द्र मश्राङगी, ४० बर्षिय देव सिंह राना, २६ बर्षिय शान्ता रुचाल र शान्ता रुचालको ३ दिनकी छोरी रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भईरहेको छ । अस्पतालमा सुत्केरी भएर घर लैजाने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...