होलटको कोठामा जापानी पर्यटक मृत फेला

पोखरा, १४ चैत /नेपाल घुम्न आएका एक जना जापानी पर्यटक पोखराका लेकसाइडको एक होटलमा मृत भेटिएका छन् । जापानीज नागरीक ६० बर्षिय इकुओ नाकायामा मृत फेला परेको प्रहरीले जानकारी दियो ।

गौरीघाटस्थित शान्ति गेस्ट हाउसको कोठा नम्बर १०८ मा आइतबार मृत भेटिएका हुन् । उनी फागुन २८ गतेदेखि होटलमा बस्दै आएका थिए । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...