जवर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा पोखरामा तीन पक्राउ

पोखरा, १५ वैशाख/युवतीहरुलाई जर्वजस्ती यौन व्यवसायमा लगाएको भन्दै कास्की प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मुस्ताङ लेते ४ घर भई पोखरा १ हरिचोकका अमृता रेष्टुरेण्टका संचालक विष्णु गौचन, उनका श्रीमान लक्ष्मण गौचन र पोखरा १० बस्ने पर्वत मुना होटलकी संचालक गौमती गुरुङलाई युवतीलाई यौन व्यवसायमा लगाएको भन्दै पक्राउ गरेको हो ।

पिडित ६ जना युवतीहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कास्कीले उनीलाई पक्राउ गरेको प्रहरीले जारीगरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुलाई १४ गते पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव वेच विखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले वेरोजगारी र आर्थिक विपन्नताका कारण रोजगारीको खोजीमा शहर पस्ने युवतीहरुलाई छिट्टै पैसा कमाईने राम्रो कामको प्रलोभन दिई जवर्जस्ती यौन कार्यमा लगाउने, श्रम तथा यौन शोषण गर्ने गरेको युवतीहरुको आरोप छ ।

निजहरुले सुरुमा घर तथा होटलका सामान्य कामहरु खाना बनाउने, भाडा माझ्ने, सरसफाई जस्ता काममा लगाउने र विस्तारै होटलमा आएका ग्राहकसंग जवरजस्ती यौन कार्यमा लगाउने गरेको पिडितहरुले बताएका छन् ।

पोखरामा विकृति फैल्याई शहरका विभिन्न ईलाकामा अवैधरुपमा यौन व्यवसायमा संलग्नहरुलाई कास्की प्रहरीले कार्वाही गर्न थाले पछि जवर्जस्ती यौन व्यवसायमा लगाईएका युवतीहरुमा आफूलाई परेको शोषणका विरुद्व प्रहरीमा जाहेरी दिएको प्रहरीको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...