स्थानिय तहलाई, सामाजिक संघ संस्थासँग हातेमालो गर्न सुझाव

पोखरा, ४ असार/स्थानिय तहलाई शसक्त बनाउन सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण हुने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हिमालय क्लव बाटुलेचौरले पोखरामा आयोजना गरेको “सामाजिक विकासमा जनप्रतिनिधि र संघ संस्थाको भूमिका” विषयक अन्र्तक्रिया कार्यक्रममा बक्ताहरुले स्थानिय तह अधिकार सम्पन्न भैसकेकाले, नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अवसर र चुनौती दुवै रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साँसद एवं पूर्व मन्त्री कुमार खड्काले चुनौतीका विचमा पनि काम गरेर देखाउन स्थानिय तहका जनप्रतिनिधीहरुलाई सुझाव दिनुभएको छ । उहाँले अहिलेका जनप्रतिनिधिहरुलाई जनताको पक्षमा काम गर्ने अवसर प्राप्त भएको बताउँदै, त्यसलाई सफल बनाउन स्थानिय संघ संस्थासँग हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जि.सी. ले पोखरा लेखनाथ महानगर पाललिकामा केही ठाउँ विकसित र केही अल्पविकसित रहेकाले कम गर्न चुनौती रहेको बताउनुभयो ।

चुनौतीका विचमा पनि आफू बृहत्तर विकासमा लाग्ने बताउँदै मेयर जि.सीले त्यसका लागि सामाजिक संघ संस्थासँग हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सामानिक क्षेत्रमा हिमालय क्लवले पुर्याएको योगदानको प्रशंसा गर्दै सहकार्य गर्ने आश्वासन दिनु भएको छ । पोखरा १६ का वडा अध्यक्ष जीवन आचार्यले वडा नम्बर १६ को विकास निर्माणका कार्यमा आफू दिनरात खट्टिने बताउँदै सहयोग गर्न हिमालय क्लवलाई आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ (जीवन)को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, क्लवका मानार्थ सदस्य उदयबहादुर बस्नेत, बेनीबहादुर बस्नेत, प्रथम उपाध्यक्ष सुशील बस्नेत, सचिव मोहन बहादुर थापा लगायतले पोखरा लेखनाथ भित्र पछाडी परेका क्षेत्रलाई विकासको मूल धारमा ल्याउन सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...