तिम्ल्याहा जन्माउने अभिभावकलाई सहयोग

सागर राज तिमिल्सिना
पोखरा, १७ भदौ/आर्थिक अभावमा सघन उपचारकक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने शिशुहरुलाई उपचारै नगरि घर फर्किएका अभिभावकका लागि आर्थिक सहयोग जुटेको छ । अघिल्लो साता मणिपाल शिक्षण अस्पतालमा एकैपटक तिम्ल्याहा छोरा जन्माएकी स्याङजा वालिङकी सुनिता बिकको परिवारको लागि स्याङजाली सम्पर्क सदनले १० हजार रुपैयाँ सघाएको हो । सहयोग रकम सोमबार सुनिताका पति बाबुरामलाई हस्तान्तरण गरिएको छ ।
विकले सातमहिने अवधिका तीनवटा छोरा जन्माएकी थिईन । परिपक्व नहुँदै जन्मिएका तीनवटै शिशुलाई चिकित्सकले तत्कालै आईसियुमा राखेर उपचार गर्न बिक दम्पतिलाई सुझाएपनि पैसा नहुँदा उपचारै नगरि घर लगेका थिए । समयमै उपचार नपाउँदा तीनमध्ये एक शिशुको त्यसैदिन ज्यान गएको थियो ।Help
चिकित्सकले शिशुहरुलाई कम्तिमा एक महिनासम्म आईसियुमा राख्नुपर्ने बताएका थिए । सदनका कोषाध्यक्ष ईश्वरी ढकाल र सल्लाहकार दीलबहादुर क्षेत्रीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन नसकेको भन्ने बारेमा विभिन्न संचारमाध्यममा समाचार आएपछि सदनले सहयोग जुटाउने निर्णय गरेको सदस्य डिआर पोखरेलले जानकारी दिए ।
सहयोग रकम सुत्केरी पत्निको पोषणमा खर्चन सदनले बिकलाई सुझाएको थियो । सहयोग रकमले आफुलाई ठुलो राहत मिलेको विकले बताए । ‘छोराहरुलाई आईसियुमा राख्न त सकिन नै सुत्केरी पत्निलाई पोषिलो खुवाउन पनि पाएको थिएन । यो रकम त्यसमै खर्चनेछु’ विकले भने, ‘यसले मलाई ठुलो राहत मिलेको छ ।’ विक दम्पनिका यसअघि तीनवटा बच्चा जन्मिसकेका छन् ।
 

कमेन्टहरु
Loading...