गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

माघ १७ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

बुधबार सिडिओ कार्यालय गई डाक्टर केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी डाक्टर अभिषेक सिंह लगायतले निवेदन दिएका हुन् ।

उनीहरूले पराजुलीको नाममा फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी भएको नागरिकताको प्रतिलिपी, र त्यसबेलाको मिसिल फाइल सिफारिश र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।

कमेन्टहरु
Loading...