आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त

पोखरा, २७ वैशाख / नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ । उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन् । उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए । उनी रवीबाली खेती अभियानका अभियन्ता पनि हुन् ।

स्व. आचार्यका तीन छोरा र पाँच छोरी छन् । तीन छोरामध्य दामोदर माइला छोरा हुन् । दामोदर नेपाली काँग्रेस पोखरा ११ वडा कार्यसमितिका सचिव हुन् । जेठा छोरा भेषराज आचार्य प्रेस युनियन कास्कीका पूर्व सचिव हुन् । कान्छा छोरा शिवराज आचार्यमा व्यवसायमा संलग्न छन् ।

यसैबीच, नेपाल प्रेस युनियन कास्कीले सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देल र सचिव प्रदीप पौडेलले शोक विज्ञप्ति प्रकाशित गरी दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ले पनि शोक विज्ञप्ति प्रकाशित गरी आचार्यको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...