CAN

पर्यावरणीय पर्यटन प्रवद्धनमा घाचोकको गिद्ध रेष्टुरेन्ट

239

पोखरा, ३१ जेठ/पर्यापर्यटन प्रवद्धन, जैविकविविधताको संरक्षण र स्थानीय समुदायको सामुहिकविकाश सँग सँगै लैजान सरोकारवाला निकायहरुले जोड दिएका छन । कास्कीको घाचोकमा अवस्थित विश्वबाटै लोपहुने अवस्थामा पुगेका दुर्लभ पन्छी गिद्धहरुको संरक्षणका लागि स्थापना गरीएको गिद्ध(जटायु) रेष्टुरेन्टमा आयोजीत एक कार्यक्रममा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरामा रहेका पर्यापर्यटन सँग सरोकार राख्ने संघसस्था, पर्यटन व्यवसाही र संरक्षणकर्मीहरुले समग्र घाचोक र गिद्ध रेष्टुरेन्टको अवलोकन भ्रमण गरी त्यस क्षेत्रमा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए । नेपाल पन्छी संरक्षण संघको सहयोग र गिद्ध संरक्षण तथा व्यवस्थापन समिति घाचोक र पोखरा पंछी समाजको आयोजनमा सम्पन्न अवलोकन भ्रमर्णमा पाँच प्रजातीका करीव एक सयको हाराहारीमा गिद्धहरु देखीएका थिए ।

पर्यावरणीय पर्यटन प्रवद्धनमा घाचोकको गिद्ध रेष्टुरेन्ट
पर्यावरणीय पर्यटन प्रवद्धनमा घाचोकको गिद्ध रेष्टुरेन्ट

विश्वमै दुर्लभ चार प्रजातीका गिद्धहरु डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध नेपालमै सबैभन्दा धेरै र एकै ठाउमा घाचोकको गिद्ध रेष्टुरेन्मामामात्र कृष्ण भुसालले बताए । यस प्रकारकादुर्लभ गिद्धहरुको संरक्षण कार्य र अवलोकनलाई प्रचार प्रसार गरी थुप्रै पर्यटकहरु भित्राउन सकिने पोखरा पंछी समाजका सस्थापकअध्ययक्षतथापर्यटनकर्मि मनशान्त घिमिरेले बताए । पोखरा र यसआसपासका क्षेत्रहरुमा पछिल्ल्लो दशकमा गिद्धकोे गुँड सख्यामाभारी गिरावट आएकोले आहार व्यवस्थापन सँगै बासस्थान संरक्षणमा पनिजोड दिनुपर्ने विगत १२ वर्ष देखी गिद्धको अनुसन्धान र संरक्षणमा क्रियाशील वैज्ञानीक रामजीगौतमले बताए ।

गिद्ध तथाअन्य चरा अवलोकन, ट्रेकिङ्ग, दृश्यावलोकन सँगै प्राकृतिक, सास्कृतिक र मानवनिर्मित संरचनाहरुको प्रचार प्रसार गरी पर्यटक आकृषित गर्नुपर्ने पंक्षीविदतथा पुरानापर्यटनकर्मि हरी के.सीको तर्क थियो। घाचोकको गिद्ध रेष्टुरेन्मा गिद्ध अवलोन घर, सुचना केन्द्र, होम स्टे संचालन, अर्गानिक कृषिआदीकार्यहरु संचालन गरीएको भएपनिपर्यापर्यटन प्रवद्धनमा उल्लेख्य सफलताहासीलगर्न नसकेको गिद्ध संरक्षयातथाव्यवस्थापन समिती घाचोककाअध्ययक्ष राजारामपौडेलले बताउनु भयो । हाल घाचकोमा २४ वटा हाम स्टे संचानमा रहे पनिप्रयाप्तपाहुनानआउदा समस्याभएको व्यवस्थापकक्रान्तीरमण पोख्रेलको भनाई थियो ।

घाचोक गाउँ
घाचोक गाउँ

नेपालमा घाचोककाअलावानवलपरासीको कावासोती, रुपन्देृहीको गैडहवा ताल, दाङको लालमटिया र बिजोरी, कैलालीको खुटीया र सुनसरीको रामधुनीमाअवस्थित छन । यिनको प्रमुख उद्देश्यलोपोन्मुखअवस्थामापुगेका गिद्धहरुलाई त्यहाका स्थानीयजनसमुदायसँगमिली शुद्ध विषादी रहीतखानाप्रदानगर्नु हो भने अर्कातिर पर्यटकलाई आकषर्ण गरी पर्या–पर्यटनको विकास गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पु¥याउनु हो । गिद्ध (जटायु) रेष्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन जहा बृद्ध, असक्त र बेकामीगाईवस्तुहरु संकलन गरी पालनपोषण गरीन्छ । खाँसमागौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो ।

’emको प्राकृतिक मृत्युपश्चातनिश्चित स्थानमा गिद्धहरुको आहाराकालागि राखिन्छ र गिद्धहरु आई खान्छन । त्यहा गिद्धको आनीबानि हेर्ने पर्यटक अवलोकन घर पनि छन जहाबाट आगन्तुकहरुले अतिसकंटापन्न गिद्धहरुको विभिन्नअवस्था र क्रियाकलापको नजिकबाट अध्य्यनगर्नुका साथै मनोरञ्जन पनिलिन सक्दछन । ‘प्रकृतीको कुचिकार’ भनेर चिनिने लोपोन्मूँख पन्छी गिद्धको पर्यावरणीय चक्र र खाद्यसृङखला सन्तुलीत र गतीशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ ।

आफै सिकार नगरी मरेकाजनावरको सिनो मात्रखाने गिद्धहरु प्रदुषित र दुर्गन्धितबातावरणलाई स्वच्छ र सफा राखीविभीन्नमहामारी सरुवा रोगहरु हैजा, रेबिज,प्लेग,एन्थ्राक्स फैलन बाट रोक्छन। यसर्थ गिद्धको उपस्थीतीपारिस्थितीकीय स्वस्थताको अनिवार्य आवस्यकताहो। हालैको प्रतिवेदनअनुसार दक्षिण एशियामापाइने ९ मध्ये ९ प्रजातिकै गिद्धहरु नेपालमा पाइन्छन तिमध्ये ६ प्रजातीका गिद्धहरु नेपालमै गुँड बनाई बच्चाकोरल्छन भने २ प्रजातीहिउँदे आगन्तुकको रुपमाआउने गर्छन । दशक अघिसम्म हाम्रो देशको हिमाल देखि तराई सम्मकाविभिन्न स्थानमा सयाँै गिद्धका समुहहरु देख्न सकिन्थ्यो तर आजत्यो दृश्यदुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु पृथ्वीबाटै लोप हुने खतरामा छन।

विगतदशबर्ष यता नेपाललगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेको विभिन्नअध्ययनहरुले देखाएका छन । सन् १९९० को दशकमा नेपालमापाँचलाखको हाराहारीमा गिद्ध भएको र हालत्यो संख्यापाँचहजारमाझरेको बताइन्छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आई.यु.सि.एन)को सङ्कटापन्न प्रजातीको सुचि रेड डाटा लिस्टले नेपालमापाइने सानो खैरो,डङ्गर र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सुचिमा सुचिकृत गरेको छ। अतिसङ्ककटापन्न सुचीमा परेकाप्रजाती १०वर्षभित्रलोप हुने संभावना ५०प्रतिशत हुन्छ।यसर्थ यि लोपोन्मुख पन्छीको जिवन संरक्षणका लागि जटायु रेष्टुरेन्टको अवधारणा ल्याइएको हो ।

पर्यावरणीय पर्यटन प्रवद्धनमा घाचोकको गिद्ध रेष्टुरेन्ट
पर्यावरणीय पर्यटन प्रवद्धनमा घाचोकको गिद्ध रेष्टुरेन्ट

विभीन्न वैज्ञानिक प्रयोगहरुबाट गिद्धको संख्या यसरी अप्राकृतीक र नाटकिय रुपमा घटनुको प्रमुखकारण घरपालुवापशु उँपचारमाप्रयोग गरीने औषधी ‘डाइक्लोफेनेक’भएको पत्तालागेको छ। सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएकाजनावर मरेपछि तिनको सिनोखाने गिद्धको मृगौलामा ‘युरीक एसीड’जमीकामगर्नछाडछ फलस्वरुप गिद्ध केहि दिनमै मर्छ। गिद्धहरु समुहमाखानेहुदा डाइकलोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठुलो संख्यामा मर्छन। अत गिद्ध रेष्टुरेन्ट डाईक्लोफेनेक र अन्यविषादिमुक्तउचितआहाराको व्यवस्थागरिएका स्थानहरु हुन ।

नेपालविश्वको प्रमुखपर्यटकीय गन्तव्यबन्दै गर्दा यि गिद्ध सुरक्षितआहार केन्द्र (रेष्टुरेन्ट) हरु नेपालकाआकर्षक पर्यटकिय क्षेत्र बन्न सक्दछन । पोखरा बाट करीव १३ कि.मीमा रहेको घाँचोक गिद्ध रेष्टुरेन्ट पर्यटकिय नगरी पोखरा र माछापुच्छे्रको आगँनमै अवस्थीत छ जहाबाट माछापुच्छे्र हिमश्रृङखला र सेतिनदीको सुन्दर प्राकृतिकखोचको नजिकै बाट स्पर्श गर्न सकिन्छ । जैविक र सास्कृतिकविविधताको खानी अन्नपुर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस रेष्टुरेन्माहिमाल देखी तराई सम्मका गिद्धहरुको जमघट देख्न पाईन्छ । नेपाल पन्छी संरक्षण संघले अन्य साझेदार संस्थाहरु सँगहातेमालो गर्दै जटायु रेष्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्ध लगायत अरु जैविकविविधताको संरक्षण गर्न र पर्यटन विकासको लागि स्थानीय समुदायमाविभिन्न सीपविकासकातालिमहरु, होम स्टे व्यवस्थापन र नेचर गाईड तालिमपनि संचालनगरिरहेको छ ।

समग्रमा यि जटायु रेष्टुरेन्टहरु स्थानीय समुदाय सँगको सहकार्यमापर्यावरण सन्तुलन, गिद्धको दिगो संरक्षण र पर्यावरणीय पर्यटन विकासमाउदारणीय, सराहनीय र कोसे ढुङ्गा सावितभएका छन । पर्यावरणीय पर्यटन अब सेताम्यहिमालअवलोकन, जगंल सफारी, ट्रेकीङ्गमामात्रसिमीत छैन लोपोन्मुखअतिसंकटापन्न प्रजातीको अवलोकन, अध्ययन र संरक्षणमा पनि छ । नेपालमापर्यटन व्यवसाय फस्टाउदै गहिरहको अवस्थामा यि बहुआयामिक क्षेत्रलाई पनि समेटन सके सुनमा सुगन्धहुने भनाई गिद्ध अनुसन्धाता हेमन्त ढकालको थियो ।