गण्डकी मेडिकल कलेज नवौ वर्षमा

पोखरा, २७ फागुन। पोखरा – ९ पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि शुक्रबारदेखि नवौ वर्षमा प्रवेश गर्र्दैछ। विभिन्न तहको आवश्यक चिकित्सा तथा स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सो प्रा.लिले आरोह÷अवरोह छिचोल्दै नवौ वर्षमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरेको छ।
आठौ वार्षिकोत्सवका अवसरमा अस्पतालले शुक्रबार लेखनाथस्थित मेडिकल कलेजमा विविध कार्यक्रम गर्दैछ। विविध कार्यक्रम अन्तर्गत अस्पताल सरसफाई, सास्कृतिक कार्यक्रम र विद्यार्थीहरुलाई सम्मान गरिने जनाइएको छ।वार्षिकोत्सवको अवसरमा अस्पतालले फागुन २८ देखि ७ दिनका लागि ओ.पि.डी रजिष्ट्रेशन शुल्क तथा जनरल बेड शुल्क निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा अस्पतालले बिहीबार सहारा क्लबसँग मैत्रीपुर्ण फुटबल प्रतियोगिता पनि गरेको थियो। कलेजले यसै शैक्षिक बर्ष देखि एमबिबिएस बाहेक बिएस्सी नर्सिङ, बिपिएच् बिएस्सी एमएलटी तथा विएस्सी एमआईटीका शैक्षिक कार्यक्रम थप गरी पठन पाठन शुरु भएको छ । कलेजले नयाँ शैक्षिक कार्यक्रम अन्तर्गत आगामी शैक्षिक सत्रदेखि विडिएस, विएस्सी नर्सिङ विएनएस, वि – फर्मा, विएमआईटी, विएमएलटी लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ।

अस्पताल तर्फभने डायलासिस मेशिनको संख्या बृद्धि गर्ने र यसै बर्षदेखि सुरक्षित मातृत्व र ज्थकतभचभअतयmथ तथा सरकारी अनुदानबाट हुने सेवाहरु सञ्चालन गर्ने लक्ष्य लिइएको छ। न्यूरो सर्जरी विभाग शुरु गरेको सो अस्पतालले आउँदो चैत महिनादेखि एक दशमलब पाँच टेल्साको एमआरआई सेवा समेत शुरु गर्ने जनाएको छ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको टड्कारो अभाव भएकोभन्दै स्तरीय र गुणात्मक चिकित्सा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्नका लागि वि.स २०६४ मा सो प्रा.लि सञ्चालनमा ल्याइएको हो। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोडदिदै स्वास्थ्य सम्बन्धि अनुसन्धानलाई प्राथमिकता दिदै आएको कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले जानकारी दिए। उनले पश्चिमाञ्चल क्षेत्रमा नेपालीहरुको मात्र लगानी भएको पहिलो प्राइभेट मेडिकल कलेज भएकोे दावी गरे।

तीन सय शैयाबाट शुरु भएको अस्पताल हाल स्तरसुधारगर्दै पाँच सय ४७ शैयामा पुगेको छ । बिस्तारकै क्रममा २० शैयाको आईसियू , पाँच शैयाको सिआईसियू , १० शैयाको पोष्ट अप, छ शैयाको पिआईसियू, २१ शैयाको एनआईसियू र ४४ शैयाको विशिष्ट क्याविन संचालनमा छ । हाल यस टिचिङ अस्पतालबाट दैनिक सात सय देखि आठ सय सेवाग्राहीहरुले बहिरङग सेवा लिईरहेका छन् भने अन्तरङग विभागमा दैनिक दुइ सय २५ देखि तीन सय ७५ बिरामी भर्ना हुने गरेका छन्।

मेडिकल कलेजमा सन् २०१० देखि प्रत्येक बर्ष ७५ जना बिद्यार्थी एमबिबिएस अध्ययनगर्दै आएकोमा यस बर्ष पहिलो ब्याचका बिद्यार्थीहरु मध्ये ५७ जना अन्तिम बर्षको परिक्षामा उत्र्तिण भएका छन्। यसैवर्षबाट भने कलेजले ९० जना एमबिबिएसका विद्यार्थी भर्ना लिने अनुमति पाएको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए।

कमेन्टहरु
Loading...