गणेशमान पालिखेको १२ औं स्मृति सभा

पोखरा, २९ जेठ/कर्मचारी संघ जनप्रिय क्याम्पस इकाइको आयोजनामा सोमबार संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको १२ औं स्मृति सभा सम्पन्न भयो । प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्रबहादुर कुँवरले स्व. पालिखेको संझना गर्दै उनले क्याम्पस विकासको लागि देखाएको बाटोमा लाग्न सबै क्याम्पससँग सम्बन्धित महानुभावलाई आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले स्व. पालिखेको योगदानले गर्दा नै आज क्याम्पसलाई यो अवस्थामा ल्याई पव्लिक क्याम्पसमा उत्कृष्टता साथ नेपालमै प्रथम भै राष्ट्रियस्तरमा लगातार २ पटकसम्म शिक्षा पुरस्कार प्राप्त गरेको उल्लेख गरे ।

कार्यक्रमा पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, संचालक समितिका पूर्व कार्यबाहक अध्यक्ष परशुराम बराल, स्ववियु सभापति आशिक गुरुङ, प्रजातन्त्र वादी क्याम्पस एकाइका सभापति कृष्णबाबु बराल, प्रगतिशील प्राध्यापक संघका अध्यक्ष सन्तोष अधिकारी, प्राध्यापक संघको तर्फबाट विकास थापामगर, संचालक समितिका सदस्य रामबहादुर गिरी, किरण बराल, जिता बराल, पूर्व कार्यबाहक अध्यक्ष परशुराम बराल, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद गुरुङ, प्रगतिशील प्राध्यापक संघका अध्यक्ष सन्तोष अधिकारीलगायतले पालिखेले क्याम्पसमा पु¥याएको योगदानको कदर गर्दै उनको स्मरण गरे ।

संघका अध्यक्ष राधादेवी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन कर्मचारी संघका सचिव हरिप्रसाद सापकोटाले गरेका थिए ।

कमेन्टहरु
Loading...