फ्रेन्डस् फर रिलोडेड (FFR)पोखरा द्धारा वृद्धाश्रमलाई सहयोग

पोखरा ५ भदौ/“नेपाली मन, नेपाली पन” भन्ने उद्घोषका साथ सामाजिक सञ्जाल फेसबुकमा क्रियाशिल रहेको फ्रेन्डस् फर रिलोडेड (FFR) ले पोखरा लेखनाथ महानगरपालिका (३२ स्थित लामेआहालमा रहेको राधाकृष्ण मन्दिर तथा शान्ति बृद्धाश्रमलाई जिन्सी सामाग्री सहयोग गरेको छ ।

शनिबार फ्रेन्डस् फर रिलोडेड पोखराका विक्रम गुरुङ, सुमन पौडेल, आकृति थापा, कुमार पोखरेल, बलराम तिवारी, सर्बिन्द्र रेग्मी लगायतका सदस्यहरुको उपस्थितिमा नगद रु. ३५ हजार बराबरको जिन्सी सामाग्री वृद्धाश्रमलाई सहयोग गरेको हो ।

२८ जना बृद्धाहरु आश्रित रहेको शान्ति वृद्धाश्रममा दैनिक उपभोग्य खाद्मान्न बस्तु, पुस्तक राख्ने ¥याक, लत्ताकपडा, भाडाकुँडा तथा औषधीहरु राधाकृष्ण मन्दिर तथा शान्ति वृद्धाश्रम ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

सहयोग सामाग्रीहरु ग्रहण गर्दै अधिकारीले फेसबुक मार्पmत देशका बिभिन्न भु(भागमा रहेका युवाहरु एकता हुनु र कलिलो उमेरमै समाजिक सेवामा पाईला अगाडी बढाउनु जस्तो प्रशंसनिय कुरा देशका नेता भनौदाहरुले सिक्नुपर्ने बताए । साथै यस्ता खालको सहयोग अन्य संस्थाले गरेता पनि फ्रेन्डस् फर रिलोडेडको सहयोगको आभाष बेग्लै भएको बताउदै बर्तमान समयमा युवा एकता हुनु नै महत्वपूर्ण कुरा रहेको बताए ।

फ्रेन्डस् फर रिलोडेडको उदाहरणीय कार्यको प्रशंसा गर्दै अधिकारीले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सहयोग रकम बैदेशिक रोजगारका लागी बिदेश रहेका फ्रेन्डस् फर रिलोडेडका सदस्यहरुबाट संकलन गरीएको र गत साता डुबानमा परेका सप्तरी जिल्लामा पनि राहात बितरण गरेको फ्रेन्डस् फर रिलोडेड पोखराका सदस्य सर्बिन्द्र रेग्मीले जनाउदै आगामी दिनमा पनि सामाजिक कार्यले निरन्तरता पाउने बताए ।

कमेन्टहरु
Loading...