फेवातालमा एक महिला मृत फेला

पोखरा, ३ जेठ/पोखराको फेवाताल फिस्टेल गेट ढुङगा घाटमा एक महिला मृत फेला परेकी छन् । अन्दाजी ३५ बर्षिया चन्द्रमा बस्याल तालमा मृत फेला परेकी हुन् ।

नवलपुर घर भई हाल पोखराको रत्नचोक बस्दै आएकी बस्यालको आज मध्यान्ह करिब १२ बजे फेवातालमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...