पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम

पोखरा, असार १७/लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । बन्दिपुर गाउपालिका ५ तनहँुमा रहेको मस्र्याङ्दी रिभर भिउ रिर्सोटमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०१७/०१८ का अध्यक्ष पुरुषोत्तम राज भण्डारीले वर्ष २०१८/०१९ का अध्यक्ष विधान गौतमलाई पद हस्तान्तरण गरेका हुन् ।

पद ग्रहण गर्दै वर्ष २०१८/०१९ का अध्यक्ष गौतमले आफ्नो कार्यकालमा क्लबले गर्ने कार्यक्रमको खाँका प्रस्तुत गरे । एक वर्षको कार्यकालमा मुख्य गरी २४ वटा कार्यक्रम गर्ने योजना रहेको उनको भनाइ थियो । क्ल्बमा आवद्ध अधिकांश सदस्यलाई एउटा न एउटा कार्यक्रम संयोजक तोकेर जिम्मेवारी बाँडफाँड समेत गरेका गौतमले आफ्नो कार्यकालमा क्ल्बलाई डिस्ट्रिककै उत्कृष्ट क्लबको रुपमा स्थापित गर्न मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्ष २०१७/०१८ का अध्यक्ष पुरुषोत्तम राज भण्डारीको अध्यक्षतामा भएको पदहस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बरालले नयाँ नेतृत्वले क्लबलाई झनै उचाइमा पु¥याउनेमा आफु आशावादी रहेको बताए । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष समेत रहेका बरालले क्लबमा आवद्ध सबै सदस्यको सम्लग्नतामा कार्यक्रम गर्न सके कार्यक्रमको प्रभावकारीता बढ्ने बताए ।

आफुले स्पोन्सर गरेको क्लब भएको नाताले पनि फेवा वेगनास चौतारीको यात्रामा सधै आफु साथै रहने उनले जनाए । क्लबका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन सन्तोष घिमिरेले नयाँ नेतृत्वमा क्लबले जोन बेग्लै पहिचान बनाउनेमा आफु विश्वस्त रहेको बताए । पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१७/०१८ का सचिव शंकर पाण्डेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष महेश्वर रिमालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । पाण्डेले नयाँ कार्यसमितिका सचिव राजाराम पौडेललाई माइन्युट हस्तान्तरण गरे ।

कार्यक्रममा लायन्स क्लब अफ खैरेनीटार तनहूँका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, नयाँ कार्यसमितिका प्रथम उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष सागर बराल लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा कलाकार गगन गुरुङ आफ्नो प्रस्तुती राख्दै कार्यक्रममा रौनकता थपे ।

कमेन्टहरु
Loading...