दोलखामा झडप हुदा सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

दोलखा, ३१ बैशाख/विहानैदेखि तनावग्रस्त रहेको दोलखामा झडप हुदा एकजनाको मृत्यु भएको छ । कांग्रेस र एमालेबीच मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा झडप रोक्न प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो ।

उनको सनाखत हुन सकेको छैन । चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।

आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको थियो । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् ।

कमेन्टहरु
Loading...