काँग्रेस नेता भट्टचनको निधन

पोखरा, ५ पुस /नेपाली काँग्रेस दाङसिङका पूर्व सभापति पूर्णबहादुर भट्टचनको ७६ वर्षको उमेरमा बुधबार निधन भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनका तीन श्रीमती, चार छोरा र चार छोरी छन् । उनको पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा अन्त्येष्ठी गरिएको छ ।

उनको पार्थिव शरिरमा नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मा, महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, वडाध्यक्ष विजय गुरुङ, सदस्य टेकबहादुर गुरुङ लगायतले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

उनी दुई पटकसम्म दाङसिङ गाविसको प्रधानपञ्च र विरेठाँटी मावि व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी भट्टचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

कमेन्टहरु
Loading...