नेपाली काँग्रेस कास्की २ मा तीन राजको चर्चा

पोखरा, २० कत्तिक / मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले अहिले सम्म उमेद्वार छनौट गर्न सकेको छैन ।

नेपाली काँग्रेसले कास्कीबाट १६ जनाको नाम नै केन्दिय कार्यालय पठाएको थियो । मंगलबार दिनभर छलफल भएपनि उमेद्वारको छनौट गर्न सकेन ।

छलफलमा तीन राजको नाम अगाडी आएको काग्रेस स्रोतले बताएको छ । मुख्य गरी देवराज चालिसे, धनराज गुरुङ, खेमराज पौडेलको नाममा छलफल भएको स्रोतको भनाई छ ।

तीन जनामा जसमा सहमत हुन्छ त्यसैले टिकट पाउछ । सहमत नभए नयाँ उमेद्वारले टिकट पाउने स्रोतको भनाई छ । अन्य दलले भने उम्देवारको घोषणा गरी सेकेका छन् ।

 

कमेन्टहरु
Loading...