काश्यप तपोभूमी कास्कीकोट बहु–सांस्कृतिक ग्रामको लागी उपयुक्त–मुख्यमन्त्री गुरुङ

पोखरा, २९ कात्तिक / गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट बहु–सांस्कृतीक ग्रामको लागी उपयुक्त ठाउँ भएको बताउनु भएको छ ।

बुधबार काश्यप ऋषिको तपोभूमी कास्कीकोटमा आयोजित बृहत योग शिबिर तथा गण्डकी प्रदेश स्तरीय बहु संस्कृतीक ग्राम स्थलगत अवलोकन कार्यक्रममा मुख्य मन्त्री गुरुङले उक्त कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री गुरुङले भन्नु भयो–‘गण्डकी प्रदेशका बिबिधता झल्कने खालका सांस्कृतीक झलकहरुको समिश्रणका लागि प्रदेश भरी चार ठाउँहरु सिफरीसमा आएका छन्, त्यो मध्ये कास्कीकोट सबै हिसाबले संभावना भएको ठाउँ हो’ ।

बहु–सांस्कृतीक ग्राम कास्कीकोट मै बन्ने कुरा पक्का नभएको भन्दै पोखरा नजिकका अन्य ठाउँहरु पनि संभावनायुक्त भएकाले अवलोकन पछि त्यसको टुंगो लगाउने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले काश्यप ऋषिकै नामले कास्की जिल्लाको नामाकरण भएको बताउँदै राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहका सन्तान समेत कास्कीकोटका रहेको प्रष्ट पार्नुभयो ।

कास्कीकोट दरबार अहिले पनि परिचित छ भन्दै कास्कीकोट राज्यका शाहबंशहरु गोर्खा गएर राज्य गरेपछि नेपाल एकीकरण सुरु भएको उहाँको भनाई थियो । धार्मिक एवम् एतिहासिक रुपमा पनि कास्कीकोटको महत्व भएकाले यसको सर्वाङ्गिण बिकासको लागी प्रदेश सरकारले सोच बनाएको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान, सामाजिक बिकास मन्त्री नरदेबी पुन, पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङ लगायतको उपस्थिती थियो ।

कार्यक्रममा पतंजली योग समितिको बिशेष सहयोगमा योग शिबिर भएको थियो भने कार्यक्रमको आयोजकमा पोखरा महानगरपालिका वडा नंं २४ र सहआयोजकमा हाम्रो कास्कीकोट युवा संजाल रहेका छन् ।

वडा नं. २४ का अध्यक्ष ओमप्रसाद सुबेदीले वडाको बिकासमा कुनै कन्जुश्याईँ नगरेको र बहुसंस्कृतीक ग्रामको लागी सरकारलाई जुन सुकै सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...