आजको दिन वर्षकै सर्वाधिक चिसो (पुरा पढ्नुस)

काठमाडौंः आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उपत्यकाको तापक्रम आज २ दशमलव २ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६ दशमलव ४, जोमसोममा माइनस २ दशमलव २ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए ।

कमेन्टहरु
Loading...