पत्रकार पौडेललाई पितृशोक

पोखरा, २४ असोज / नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् ऋषिकान्त पौडेललाई

पितृशोक परेको छ । पौडेलका पिताको बुधबार साँझ गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । ७५ वर्षिय

स्वर्गीय चन्द्रकान्त पौडेल श्रीमती, ३ छोरा र ३ छोरी छन् । स्वर्गीय पौडेलको विहीबार विहान ९ वजे गगनगौडा पावरहाउस स्थित

रातोपैराघाटमा दाहासंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीले एक शोक विज्ञप्ति जारी गरी प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेलका वुवाको

निधन प्रति दुःख व्यक्त गरेको छ । युनियनका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा स्वर्गीय वुवा प्रति हार्दिक श्र

द्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त  परिवारजन प्रति हार्दिक समवेदन प्रकट गरिएको छ ।

कमेन्टहरु
Loading...