पुस्तक साटासाट गरी मनाए महिलाहरुले पुस्तक दिवस

पोखरा,१० वैशाख / पोखराका विभिन्न क्षेत्रका महिलाहरुले पुस्तक साटासाट गरि पुस्तक दिवस मनाएका छन् । पोखराका विभिन्न क्षेत्रमा आवद्ध महिलाहरु भेला भएर विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवसको अवसरमा यसरी पहिलो हिलाहरुले पुस्तक आदनप्रदान गरि मनाएका हुन् ।

शुसव्य समाज निर्माण तथा महिला शसक्तिकरणका लागि अग्रणी रुपमा सक्रिय सामाजिक जागरणका लागि नारी अभियानले आइतवार शुभकामना तथा पुस्तक आदनप्रदान कार्यक्रमको आयोजना गरि उक्त अवसर जुटाएको हो ।
कार्यक्रममा राजनितीक, पत्रकारीता,शिक्षा,स्वास्थ, समाजसेवा, व्यवसाय तथा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको प्रतिनिधीमुलक सहभागिता रहेको थियो ।

प्रकाश विनाको गजत र ज्ञान विनाको जीवन अर्थहिन हुन्छ । ज्ञान र प्रकाशका दुवैका निम्ती अध्ययनशिल वनौ भन्ने उद्घोषका साथ सम्पन्न कार्यक्रममा ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुमा पढ्ने संस्कृतिको विकास र उपहारका रुपमा पुस्तक दिने संस्कृति विकासका लागि उक्त कार्यक्रम गरिएको सामाजिक जागरणका लागि नारी अभियानका परिकल्पनाकार तथा पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले वताइन् ।

त्यस्तै कार्यक्रम संयोजक शान्ता पुरीले कार्यक्रममा सहभागी हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताइन् । कार्यक्रममा सदस्य उशा गोशेली र हसीना वस्नेतले स्वागत तथा कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी सवैले एकअर्कालाई पुस्तक आदनप्रदान गर्दै एकअर्काको परीचय तथा शुभकामना प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...