१५ औं संस्करणको बोलबम सकियो, केदारेश्वरमा हजारौं भक्तजन

पोखरा, २८ साउन /साउन अन्तिम सोमबार हजारौं भक्तजनले पोखराको केदारेश्वर मन्दिर दर्शन गरेका छन् । शिवलिंगमा जल चढाउन तथा पूजाआजाका लागि भक्तजन बिहान ३ बजेदेखि नै लाइन बसेका थिए ।

भक्तजनको भीड यसरी उर्लियो कि उनीहरु साँझसम्म मन्दिरमै पूजाथालीसहित पंक्तिबद्ध देखिन्थे ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ यसपालिको १५ औं संस्करणको बोलबममा अन्य सोमबारको तुलनामा भक्तजनको भीड बढेको केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. लेखनाथ आचार्य बताउँछन् ।

सदाझैं सेतीनदीकिनरा गाईघाटमा पवित्र जल उठाई भक्तजन बाजागाजाका साथ भजनकीर्तन गर्दै फेवाताल किनार केदारेश्वर मन्दिरमा पुगेका थिए । मन्दिरमा विदेशी पर्यटकको पनि उपस्थिति पनि उस्तै थियो । उनीहरु भजनमा नाचेर दंग परे ।

अन्तिम सोमबार केदश्वोर मन्दिरमा भग्वान शिवको दर्शन गर्दै  फोटो सन्जय शाक्य
अन्तिम सोमबार केदश्वोर मन्दिरमा भग्वान शिवको दर्शन गर्दै
फोटो सन्जय शाक्य

बोलबम संयोजक शंकर खरालले कार्यक्रमलाई अघिल्ला वर्षझैं अपार सफलतासहित सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारण केदारेश्वरको महत्व बढेर गएको मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

मन्दिर उपाध्यक्ष शंकर पोखरेलले कार्यक्रममा सहयोग पु¥याउने संघसंस्था र व्यक्ति विशेषलाई अन्तिम दिन सम्मान गरिएको जानकारी दिए ।

पैदलायात्रामा रहेका भक्तजनलाई नगरका ठाउँ ठाउँमा विभिन्न संघसंस्थाले सर्वतपानी खुवाएर सहयोग गरेका थिए भने मन्दिर परिसरमा भक्तजनलाई एन.बी. व्यवसायी समितिले प्रसादको व्यवस्था मिलाइएको थियो ।

यस्तै सामाजिक जागरणका लागि नारी अभियान र प्रगति दिदीबहिनी समूह लगायतले पनि असक्तलाई भोजन खुवायो ।

कमेन्टहरु
Loading...