चरा पर्यटनको विकास गर्न पोखरामा चरा उत्सवको तयारी

पोखरा, १५ असार /चरा पर्यटनको विकास गर्न ताल नगरी पोखरामा चरा उत्सवको आयोजना गरिएको छ । पोखराको फेवाताल किनारमा असार १९ देखि २१ गते सम्म हुने चरा उत्सव हुन लागेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे जानकारी दिए ।

नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न पोखरामा चरा महोत्सवको आयोजना गरिएको हो ।

पोखराको फेवाताल किनारमा चरा उत्सव हुन लागेको हो । पोखरा पंछी समाजको आयोजनामा हुने दोस्रो चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरुले छलफलमा भाग लिने छन् ।

९ तालको सहर पोखरा र वरपर ४ सय ६७ प्रजातिका चरा रेकड भएका छन् । कास्कीको माछापुच्र्छे गाउँपालिका स्थित माछापुच्र्छे हिमालको फेदी क्षेत्रमा पाइने कालीज प्रजातीका चरा डाँफे, मुनाल हेर्न सन् १९८० देखि सन् २००३ सम्म पर्यटक आउने गर्दथे । सन् २००३ पछि भने यहाँ विदेशी पर्यटक आउन छाडेकोले त्यसस्ता पर्यटक ल्याउन समते पहल गर्नु पर्ने उनले सुनाए ।

यहाँ कालीज प्रजातीका चरा हेर्न आउने पर्यटक भुटानमा जाने गरेको उनले सुनाए । उनिहरुलाई यही फर्कान सके चरा पर्यटनको विकास हुने उनले बताए ।

चरा हेर्न आउने पर्यटक खर्चालु हुने, धेरै समय बिताउने र धेरै जनालाई रोजगारी दिने भएकोले यस्ता पर्यटक भित्रयाउन सके पर्यटन विकासमा महत्वपूर्ण रहने नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेले बताए ।

एक जना चरा हेर्न आउने पर्यटक एक हप्ता देखि एक महिना भन्दा बढि बस्ने गर्दछन् । एक जना चरा हेर्न आउने पर्यटकले चरा गाईड, सहयोगी समेत गरि ३ जनालाई रोजगार दिने पनि उनले सुनाए ।

चरा चिनाउने चरा गाईडले दिनमै एक सय डलर (११ हजार) नेपाली शुल्क लिने भएकोले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले बताए । पोखराका अष्ट्रियन क्यम्पबाट अंग्रेजी महिनाको सेप्टेम्बर देखि डिसेम्बर महिना सिकारी प्रजातीका चरा बसाई सराई गरेको देख्न सकीन्छ । यस्ता चरा देखाउन विदेशी पर्यटक आकर्षण गर्न सकीने भए पनि यस बाट फाइला लिन सकीएको छैन् ।

रामसार क्षेत्रमा सूचिकृत पोखराका ९ तालमा पाइने पानी चराको अवलोकन गराएर पनि पर्यटकको बसाई लम्ब्याउन सकीन्छ । नेपालमा चरा हेर्न आउने ८ प्रतिशत पर्यटक मध्य यहाँ ५ प्रतिशत जति मात्र पर्यटक आउँछन् । चित्वन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट, सगरमाथा लगायतका संरक्षण क्षेत्रमा पर्यटक चरा हेर्न जाने गर्दछन् ।

पोखरामा अन्नपूर्ण संरक्षण क्षेत्र, यहाँका ९ ताल, रानी वन, काँडे, लुम्ले, जटायु रेष्टुरेण्ट घाचोक, लगायतका क्षेत्रमा यहाँका चरा गाइडहरुले पर्यटकलाई चरा अवलोकन गराउँछन् । पोखरामा ६ जना चरा गाइड रहेको पंछी समाज पोखराका अध्यक्ष घिमिरेले सुनाए ।

यहाँ बेलायत, अमेरिका, अष्टेलीया, जर्मन लगायतका देशका पर्यटक बढी मात्रामा चरा हेर्न र फोटो खिच्न आउने गर्दछन । पछिल्लो समयमा चिन, मलेशिया, थाइल्यण्ड, सिंगापुर लगायतका देशबाट पनि पर्यटक चरा हेर्न र फोटो खिच्न आउन थालेको उनले सुनाए ।

कमेन्टहरु
Loading...