अन्नपूर्ण १ बाट फर्कने क्रममा बेपत्ता बिदेशीको उद्धार हुदै

पोखरा, १२ बैशाख /अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा बेपत्ता भएका एक विदेशी नागरिकको उद्धार गरेको छ । अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका थिए ।

उनको खोजी र उद्दार गर्न सिम्रिक एयरको २ वटा हेलिकोप्टर त्यहाँ पुगेर उद्धार टोलीले वि किन सम्म पुग्न पठाएको थियो । मेलेसियाका ४८ वर्षे वि किन चिन अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेर फर्किदै गर्दा मंगलबार देखी हराएका थिए ।

त्यस पछि श्रीमती चिनले आफैले खोजीमेली गरी नेपालको सिम्रिक एयरलाइन्स भनेकी थिइन् । आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किंदा वि किन चिन हराएको थियो । उनलाई शुक्रबार हेलिकप्टरमा मार्फत काठमाडौं लगिने छ ।

उद्धारमा खटिएको शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टा लग्ने सिम्रिक एयरका पाइल क्याप्टेन सिद्धार्थजंग गुरुङले बताए । उनले पहिला ती पर्यटकलाई बोकेर केही तल हेलिकोप्टर आउनसक्ने ठाउँसम्म ल्याइने छ, त्यसपछि हेलिकोप्टरमा डोरीमा झुन्ड्याएर सुरक्षित स्थलमा अवतरण गराइने बताए ।

डोरीमा झुन्ड्याएर गरिने त्यही उद्धारलाई लङलाइन रेस्क्यु भनिन्छ । सुरक्षितस्थलबाट आरोहीलाई अस्पताल लगिनेछ । मलेसियाली आरोहीकी श्रीमती पनि काठमाडौं आइसकेकी छन् । अन्नपूर्ण प्रथमको आरोहरणमा वि किन चीन २९ जनाको टोलीमा गएको थियो ।

कमेन्टहरु
Loading...