भरतपुर महानगरमा मतगणना रोकियो, रेणुले मतअन्तर घटाइन्

चितवन, १३ जेठ /भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्र सहित अर्धकट्टि भेटिए पछि रोकिएको हो । दलहरु बिच छलफल पछि विवाद मिलाउने प्रयास भइरहेको छ । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले वडा नम्बर १७ गन्न थालेपछि फेरि अग्रता छोट्याएकी छन्।

यसअघि केही वडामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगे पनि फेरि १७ वडामा आएपछि रेणुले अग्रता छोट्याउन थालेकी हुन्। बिहीबारसम्म देवीको अग्रता घट्दै गएको थियो शुक्रबारबाट अग्रता फेरि बढाएका देवीका लागि रेणुले १७ वडाबाट आफ्नो पकड देखाउन थालेकी छन्।
यसअघि वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि थिए। लगत्तै लगना भएको १७ वडाबाट रेणुले छोट्याइन्।

यस्तो छ पछिल्लो मत परिणाम
मेयर
एमाले ,देवी ज्ञवाली 37118
गठबन्धन ,रेणु दाहाल 35518

कमेन्टहरु
Loading...