अन्नपूर्ण गाउँपालिका सबै वडालाई छुने गरी रिङरोडको

पोखरा, १३ असार/कास्कीको अन्नपूर्ण गाउँपालिकाले सबै वडालाई छुने गरी रिङरोड बनाउने प्रस्ताव गरेको छ । गाँउपालिकाभित्र रहेको सबै वडालाई छुने गरी रिङरोड बनाउने योजनालाई कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सुनाए ।

‘पुर्वाधार विकास अहिलेको आवश्यकता हो । त्यसैले सडक पुर्वाधार सबैभन्दा महत्वपूर्ण हो ।’ उनले भने–‘सबै वडालाई छुने गरी रिङरोडको प्रस्ताव गरिएको छ ।’ उनका अनुसार योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सबै वडालाई सडक सञ्जालले छोए यातायातको सहज पुग्ने विश्वास गाउँलेको छ । अन्नपूर्ण गाँउपालिका आफैंमा पर्यटकीय गाँउ पनि हो । अन्नपूर्ण आधार शिविर पुग्नेदेखि पोखरासँगै जोडिएको धम्पुसदेखि पोथनासम्मको एक दिने पदयात्रासम्म पुग्ने रुट यसै गाँउपालिकामा पर्छ । पोखरामा पनि रिङरोड निर्माण गर्न अध्ययन गर्ने क्रममा ८० किलोमिरटको प्रारम्भिक प्रतिवेदन थियो । पछि फेरी गरिएको सर्भे अनुसार १ सय किलोमिटर भन्दा बढीको छ ।

‘रिङरोडकोको लागि आवश्यक काम अघि बढाउन विस्तृत परियोजना प्रतिवदेन तयारीको अन्तिम चरणमा पुगेको छ ।’ उनले गाँउपालिकाको नीति तथा कार्यक्रम बजेटमा समेत रकम विनीयोजन गरेको बताए । केही ठाँउमा काम भईरहेको छ । बाँकी सेक्टरको काम अगाडि बढाउन डिपिआर तयार गरेपछि हुन्छ ।’ उनले बजेटमा अन्नपूर्ण रिङरोडका लागि १ करोड विनीयोजना गरेका छन् ।

गाँउपालिकाको ग्रामीण यातायात गुरुयोजना तयार गरी मुख्य मुख्य बाटोलाई बाह्रैमास सञ्चालन गर्ने गरी विकास गरिने अध्यक्ष कुँवरको भनाई थियो । उनले नौडाडाँ अधिकारी डाँडा कार्कीको तगरा, नौडाँडा सेराचौर, धारापानी भदौरे सल्यान, काँडे भदौरे सल्यान, लुम्ले चन्द्रकोट तान्चोक भिचुक, विरेठाँटी तिखेढुंगा उल्लेरी ग्रामीण सडकलाई स्तरोन्नति गरी सबै सिजनमा सञ्चालन गर्न सकिने योजना अघि सारिएको छ ।

अध्यक्ष कुवँरले गाउँपालिका भित्रका सडकहरुको ग्रामीण यातायात गुरुयोजना तयार गरी गाउँपालिका भित्रका सडकहरुको बर्गिकरण गरिने छ । बर्गिकरण गरिएको सडकको मापदण्ड समेत फरक फरक कायम गरिने छ । उनका अनुसार गाउँपालिकाभित्रका मुख्य क बर्गका सडकको चौडाई १५ मिटर र सेट व्याक २ मिटर कायम गरिने उनले बताए ।

त्यसैगरी ख बर्डका सडकको चौडाई १० मिटर र सेट व्याक १.५ मिटर कायम गरी कार्यान्वयन गरिएको छ । केही ग्रामीण भेगमा बाटो पुगेपनि स्तरोन्नति हुन सकेको छैन् । सबै वडालाई सडक सञ्जालले छोएपछि कृषिबाट समृद्धिको परिकल्पना गर्न सकिने उनको भनाई थियो । उत्पादित बस्तु तथा सेवालाई बजारसम्म ल्याउन पनि सडक सञ्जाल अत्यावश्यक रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सडक विस्तार अनिवार्य सर्त भएको उल्लेख गरे ।

उनले गाउँमा रहेको बाँझो खेत प्रयोग नीति अबलम्बन गरी भूमी बैंक स्थापना गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाले कम्तीमा २० वर्षको लागि जग्गा भाडामा लिई व्यवसायीक खेती गर्न गाँउपालिका मार्फत प्रस्ताव आह्वान गरिने उनले बताए ।

जग्गाको भौतिक पुर्वाधार (ग्रामीण सडक, सिचाई, विद्युत, खानेपाी र शित भण्डार) प्राविधिक सहायता, मल बीय विजन र बजार प्रवद्र्धन गाँउपालिकाले नै पहल गरिने स्पष्ट पारे । ‘बाँझो जमिन निरुत्साहित गर्न बाँझो खेत राख्ने किसानलाई कृषि सुविधाबाट बन्चित गरिने छ ।’ नीति तथा कार्यक्रममा समेटिएको छ ।

गाँउलाई कोदोमा आत्म निर्भर बनाईने नीति समेत लिइएको छ । कोदो खेती प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार मेन्युमा राख्न अनिवार्य गरिने समेत अध्यक्ष कुँवरले बताए । उनले कोदोको प्रर्वद्धन गर्न आगामी वर्ष कोदो महोत्सव आयोजना समेत गरिने छ ।

पदमार्गमा अधिकांश होटल तथा रेष्टुरेण्ट छन् । ती सबैमा कोदोको परिकार अनिवार्य गरिए स्थानीय उत्पादन गाँउमै खपत हुने विश्वास गाउँलेको छ । पर्यटकलाई स्वागत तथा सत्कार नेपाली परिकारबाट गर्नुपर्ने खाँचो औल्याईपनि उत्पादन नहुदाँ बजारबाट सामान ढुवानी गर्दै सेवा र सत्कार गर्नुपर्ने बाध्यता छ ।

कमेन्टहरु
Loading...