फेवातालको जलाधार क्षेत्रमा एम्वुलेन्स सेवा संचालन

पोखरा, २४ चैत्र /पोखरा महानगरपालिकाले फेवातालको जलाधार क्षेत्रका स्थानीय वासिन्दालाई केन्द्रित गरी एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । एम्वुलेन्स सेवाको पोखरा महानगर पालिकाका प्रमुख मानवहादुर जिसीले आईतवार पामे वजारमा शुभारम्भ गरे ।

एम्वुलेन्स सेवा सुरुवात गर्दै, प्रमुख मानवहादुर जिसीले सामाजिक उत्तरदायित्वको कार्य अन्तरगत महानगरले यस क्षेत्रको लागि एम्वुलेन्स ल्याएको बताए । उनले पोखराको प्रमुख पर्यटकिय केन्द्र लेकसाईडदेखि नजिकै भएर पनि महानगरको अनुभूति गर्न नपाएको यस क्षेत्रको छिटो विकासका लागि महानगरले प्राथमिकता दिएको समेत जानकारी दिए ।

ग्रामिण क्षेत्रमा जनहसभागिता र जनश्रमदान उठाउन कठिनाई भएको तर्फ संकेत गर्दै, प्रमुख जिसीले आगामी वर्षदेखि महानगरले जनसहभागिता नराख्ने समेत बताए । नागरिकले ईमान्दारीतापूर्वक कर तिर्नुहोस्, प्रमुख जिसीले भने, “विकासको सवै कामको जिम्मा महानगरले लिन्छ ।” महानगरको स्वामित्वमा रहेको एम्वुलेन्सलाई जतन गरी संचालन गर्नपनि उनले स्थानीयलाई आग्रह गरे । मेयर जिसीले वैदाम पामे हुँदै पन्चासे जाने मोटरवाटो स्तरोन्नती कार्य प्राथमिकतामा राखेको बताए ।

घाँटीछिनादेखि पन्चासेसम्म ३ करोडको काम तथा पामेसम्म ६ करोड रुपैयाँ महानगरको लगानीमा मोटरवाटो कालोपत्रे गरिने पनि उहाँले स्थानीयहरुलाई जानकारी गराए । पोखरा २३ र २४ जोडने खहरे खोलामा ९ करोड १८ लाखको मोटरेवल पुलको निर्माण कार्य समेत सुरु भएको मेयर जिसीले बताए ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सहयोगमा एम्वुलेन्स पोखरा महानगरपालिकाले ल्याएको हो । पोखरा महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीको विषेश पहलमा महानगरको सो एम्वुलेन्स पामेको फेवा क्लबले व्यवस्थापन गर्ने गरि संचालनमा ल्याईएको हो । वडा नं २४ का वडाअध्यक्ष सुवेदीले ग्रामिण क्षेत्रका विरामीले अबदेखि डोला र स्टेचरमा विरामी वोक्नुपर्ने कार्यको अन्त्य हुने वताए ।

उनले पामेको फेवा क्लबले प्रशंसनीय कार्य गर्दै आएको कारण सो एम्वुलेन्सको व्यवस्थापन र संचालनको जिम्मा पनि क्लवलाई दिएको जानकारी दिए । एम्वुलेन्स शुभारम्भ कार्यक्रममा पोखरा वडा नं २३ कार्यवाहक वडाअध्यक्ष भरतराज भण्डारी, वडा नं २४ का सदस्यहरु सन्तुदेवि सुवेदी, अग्निधर त्रिपाठी, वैदाम पामे मोटरवाटोका अध्यक्ष लेखनाथ पराजुली, पामे प्राविका प्राधानाध्यापक खिमनाथ तिमिल्सिना, फेवा क्लवका अध्यक्ष दिपक पुरी, सचिव लक्ष्मण तिमिल्सिना लगायतले एम्बुलेन्स सञ्चालन गर्न कोष खडा गरेको बताएका थिए ।

बा.१.झ ५९९७ नम्वरको जापनिज टोयटा कम्पनीको अव्वल एम्वुलेन्स ग्रामिण क्षेत्रमा सहज विरामी लिन र लैजान सक्ने वडाअध्यक्ष सुवेदीले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं १८, २३ र २४ तथा अन्नपूर्ण गाँउपालिका वडा नं १, २ र ३ का स्थानीय वासिन्दाका लागि एम्वुलेन्सले सेवा सहज हुनेछ ।

कसरी आयो एम्बुलेन्स

पोखराका २३ र २४ का युवाहरुले सामाजीक सञ्जाल मार्फत एम्बुलेन्सका लागि अभियान सन्चालन गरेका थिए । देश विदेशबाट करिब १२ लाख भन्दा बढि रकम पठाए पछि त्यो पैसाबाट एम्बुलेन्स खरिद गर्ने तयारी भएको थियो ।

१२ लाखमा एम्बुलेन्स किन्ने कि एम्बुलेन्स सञ्चालनका लागि राख्ने भन्ने छलफल भयो । ठाउँ ठाउँमा एम्बुलेन्स मागे पनि अत्यमा स्वास्थ्य मन्त्रालमा विग्रिएर थन्किएको गाडीलाई नै बनाएर एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

बचत भएको पैसाको व्याजबाट एम्बुलेन्स सञ्चालनमा खर्च गर्ने एक एम्बुलेन्स अभियानका अभियन्ताले बताए ।

कमेन्टहरु
Loading...