श्याम राना
यो त्यतिबेलाको कुरा हो, जतिबेला जनयुद्द चरम अवस्थामा थियो । ठाउँठाउँमा बम र गोली चलेको समाचार
आइरहन्थ्यो । एकदमै डर लाग्दो समय । ९ बजे त पसल बन्द गर्नैपर्ने अघोषित नियम । नत्र प्रहरी नै आएर
धम्क्याउने अवस्था । ग्राहकलाई पनि पसलमै आएर चेक गर्ने । एकपटक त अबेरसम्म पसल खुला राखेको भन्दै
दुबैलाई प्रहरीले भ्यानमा राखेर लग्यो ।
…
उनीहरुको रमाइलो मित्रता कहानी छ । सँगै हुर्के, सँगै पढे, विदेश पनि सँगै गए ।
अर्को रमाइलो प्रसङ्ग त के छ भने विवाहको डेट एउटै, श्रीमतिको नाम पनि एउटै छ दुबैको । र, अघि बढिहेको
छ उनीहरुको मित्रता सँगसँगै रेस्टुरेन्ट ।
…
२०५९ तिर पोखरामा रेस्टुरेन्ट कल्चर खासै सुरु भइसकेको थिएन । यदाकदा भए पनि फ्याम्ली रेस्टुरेन्ट त थिएन
भन्दा पनि हुन्छ । यहि अभाव खड्की रहन्थ्यो सम्पूर्ण पोखरेलीलाई । र, खड्कीयो लामो समय जापान बसेर
फर्केका दुई युवा ‘गौतम उदास’ र ‘लोकबहादुर गुरुङ’लाई । विदेशमा काम गरेको अनुभव थियो । ‘पहिले
रेस्टुरेन्टका लागि लोकेसन हे¥यौे,’ सञ्चालक मध्येका एक लोक गुरुङ भन्छन्, ‘आफै काम गर्नु पर्छ भन्ने थियो ।
सक्छौ भन्ने ढृड सङ्कल्प पनि ।’
लगभग ६ महिनै लाग्यो स्टक्चर निर्माण गर्न । र, खुल्यो ‘अलमन्ड्स क्याफे एन्ड रेस्टुरेन्ट’ पोखराको चिप्लेढुङ्गामा ।
‘अहिले त स्थापनाको १५ बर्ष पुुरा गरि सक्यौ,’ अर्का सञ्चालक गौतम भन्छन् ।
कोहीकोही साथी आएर मनै बिच्क्याइदिन्थे उनीहरुको । भन्थे, ‘तिमिहरुलाई जापानबाट ल्याएको पैसा धेरै भएको
? यस्तो सङ्कट कालको बेलामा रेस्टुरेन्ट खोल्ने ? त्यो पनि तेस्रो तलामा ।’ दुबैमा ढृड विश्वास थियो । पक्कै सफल
होइन्छ भन्ने । ‘राम्रो गरि सके पछि त हामि कहाँ आउने ग्राहकले नै त्यहाँ राम्रो छ भनेर अरु ग्राहक लिएर आउँछ,’
सञ्चालक लोक भन्छन्, ‘माउथ टु माउथ पब्लिसिटी भयो । एकै चोटि तामझाम गर्न परेन । सबै जिरोबाट सुरु
गरेको हो । अहिले पनि स्ट्रिट फेस्टिबलहरुमा भाडा नधोए काम चल्देैन ।’ रमाइलो प्रसङ्ग त के छ भने त्यो
पसलमा त साहुले नै भाडा माझ्छन् रे भनेर पनि कत्ति ग्राहक हेर्नकै लागि भनेर पनि आउँथे ।
आफ्नो मित्रता लामो समय सम्म चलिरहनुमा विश्वास नै ठूलो कुरा लाग्छ उनीहरुलाई । भन्छन्, ‘इमानदार हुनु पर्यो
। मेहेनत गर्नु पर्यो । अनि पारदर्शी हुन पर्यो । मित्रता मज्जाले चल्छ ।’ अलमन्ड्सको मःम अहिले पनि उत्तिकै
प्रख्यात छ । जति सुरुवाति दिनमा थियो । मःम मात्र हैन करी, नान, बर्गर चिकेन पनि विशेष छ । स्न्याक्स,
इन्डियन खाना, इन्डियन करी, बटर चिकन, पनिर बटर मसला, चिकन मुलाई, कडाई चिकन, नानमा पनि बटर
नान, गार्लिक नान विशेष छ ।
विदेशी ग्राहक आउँदा हामी प्रश्न गथ्र्यौ ‘हाउ डिड यू नो ?’ उत्तर ‘फलानाले रिकमेन्ड गरेर आएको,’ भन्ने रहन्थ्यो ।
एक जना क्यानेडियन आइएन एफमा काम गर्नेले काठमाडौंबाट फोन गरेर, ‘ल म पोखरा आउँदै छु । बटर चिकन
र राइस रेडी गरेर राख्नुस्,’ भन्नु हुन्थ्यो । सञ्चालक गौतम भन्छन्, ‘फ्लाइटमा आउनु हुन्थ्यो । अनि खाएर अफिस
जानु हुन्थ्यो । २ बर्ष सम्म निरन्तर आई रहनु भयो । जाने बेलामा क्यानडा लैजान पर्छ यो रेस्टुरेन्ट म तपाईहरुलाई
एकदमै सहयोग गर्छु । भन्नुभएको थियो ।’ देशमै केही गरौं भनेर आएको फेरी बाहिर जान उचित लागेन दुबैलाई ।
अलमन्ड्सका नियमित ग्राहक नविन थापा लाई मःम विशेष लाग्छ । भन्छन्, ‘यहाँको मःम नखाई त भोकै मेटिन्न् ।’