पोखरा प्रिमियर लिग कात्तिक २६ देखि हुने

पोखरा, ६ भदौ/ पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ ।

पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

पोखरामा हुने प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, काठमाडौ रोयल्स, चितवन राइनोज, र धनगढी ब्लुस रहेका छन् ।

कमेन्टहरु
Loading...