महिला दिदीबहिनीलाई १० दिने उद्यमशिलता बिकास तालिम


पोखरा २१ चैत्र/घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजना तथा स्वस्तिक हस्तकला उद्योग पोखरा बगरको संयोजनमा १० दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको तालिमको समापन गर्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमनसिङ थापा मगरले उद्यमशिलता तालिमले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन तर्फ अगाडी वढाउने भएकाले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए

सो अवसरमा वोल्दै तालिमका सहजकर्ता घरेलु तथा साना उद्योग कार्यालय कास्कीका यदुराम अधिकारीले तालिममा सिकेको सीपलाई अनुसरण गरी कास्कीमा अधिकांश महिलाहरु उद्यमी भएको वताउदै १० दिनको तालिमले तालिममा सहभागीहरुलाई सीप सिकाउन सफल भएको वताउदै आगामी दिनमा तालिममा सिकेको सीपलाई अनुशरण गर्नतर्फ जोड दिए

सो अवसरमा वोल्दै तालिममा सहभागी एविना श्रेष्ठले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्दै सीपमुलक काम गरी आत्मनिर्भर बन्नतर्फ अगाडी वढ्न आफुहरु लागी पर्ने वताइन चैत्र ११ देखि २० गते सम्म सञ्चालित तालिममा पोखरा क्षेत्रका विभिन्न भेगका २० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो

कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की पोखरा हस्तकला संघका सदस्य तथा महिला उद्यमी मिलन शेरचन, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिती सदस्य गीता तिवारी गौतम चिनु गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष जीवन अधिकारी, टोल बिकास संस्था समन्वय समिती बगरका अध्यक्ष चन्द्र बहादुर गुरुङ, तालिमका प्रशिक्षार्थी गीता शर्मा लगायले वोलेका थिए भने पोखरा उद्योग वाणिज्य संघका कार्यसमिती सदस्य गोमा ढकालले धन्यबाद मन्तब्य ब्यक्त गरेकी थिइन

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष एमबी आस्था मगर पत्रकार महासंघ (फोनिज)कास्कीका नवनिर्वाचित सदस्य गिता राना मगरलाई बधाइ तथा सम्मान समेत गरिएको थियो

कमेन्टहरु
Loading...