मणिपालमा डाक्टर पढ्दै गरेकी विद्यार्थी ट्रेकिङ जाँदा बेपत्ता

कास्की, २८ माघ। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एबिबिएस पढ्दै गरेकी बिपना उप्रेती ट्रेकिङबाट फर्किने क्रममा बेपत्ता भएकी छिन्। काठमाडौं महानगरपालिका–३ बसुन्धाराको स्थायी बासिन्दा उप्रेती ट्रेकिङबाट फर्कने क्रममा शनिबारदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।

             उप्रेतीसहितको टोली बिहीबार कास्कीको मर्दी हिमाल क्षेत्रमा ट्रेकिङ गएको थियो। अन्य पाँच जना साथीसँग रहेकी उप्रेती फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको देउराली (तल्लो भ्यू प्वाईन्ट) स्थित बाटोमा तल खसेकी थिइन ।

             उनी करीब १ सय ५० मिटर तल खस्न गई बेपत्ता भएकी हुन् । बेपत्ता भएकी उनको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उप्रेति एमबिबिएसको दोस्रो वर्षकी विद्यार्थी हुन्।

कमेन्टहरु
Loading...