प्रजातन्त्र सेनानी प्रधानाङ्गको निधन

पोखरा, ११ मंसिर / प्रजातन्त्र सेनानी पोखरा २ भैरवटोल निवासी सत्यमान प्रधानाङ्गको ८५ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

केही समयदेखि निमोनिया र फोक्सोको क्यान्सरबाट प्रभावित प्रधानाङ्गको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका प्रधानाङ्ग काँग्रेसप्रति त्यागि र निष्ठावान मानिन्छन् ।

उनका विकास प्रधानाङ्ग, दिवसमान प्रधानाङ्ग, मनोज प्रधानाङ्ग र पञ्चप्रकाश प्रधानाङ्ग ४ छोरा छन् । माहिलो छोरा दिवसमान कास्की काँग्रेसका नेता हुन् । उनी नेपाल तरुण दल कास्की र नेपाल परिवार नियोजन संघ कास्कीको पूर्व अध्यक्ष हुन् ।

सत्यमानको बुधबार पोखरा नदीपुरस्थित तुल्सिघाटमा अन्त्येष्टि गरिने छ । अन्त्येष्टि पूर्व बिहान ९ बजे शव यात्रा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...