नेपाल आइडल रवि वडलाई मातृशोक, आमाको करेन्ट लागेर मृत्यु

कञ्चनपुर। एक सातामात्र दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि वडकी आमाको निधन भएको छ । बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

बुधवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा वडको मृत्यु भएको हो । बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा वडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । बिष्णा रविको सौतेनी आमा हुन् । उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।

कमेन्टहरु
Loading...