दुईतर्फी एयर रुट दिन भारत सहमत

काठमाडौं,२ असार । भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिन शनिबार नेपाल र भारत बीचको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामाडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अब भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्नेछन् ।
अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए।

कमेन्टहरु
Loading...