चीनसँगको यस सम्झौता पछि नेपालले भारतसँग व्यापार गर्नुपर्ने छैन

१६ पुस– नेपालले चीनको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्ने विषयमा भएको सम्झौताअनुसार प्रोटोकल तयार भएको छ। नेपालले प्रोटोकललाई अन्तिम रूप दिएर चीन पठाएको छ।

चीनले अन्तिम रूप दिएपछि नेपालको भारतसँगको परनिर्भरता सदाका लागि हट्नेछ। वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले भने, ‘हामीले प्रोटोकललाइ अन्तिमरूप दिएर चीन पठाएका छौं। उताबाट आएको छैन। प्रोटोकले अन्तिमरूप लिएपछि नेपालले चीनको कुन बन्दरगाह कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुन्छ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा चीनसँग नेपालले पारवहन सम्झौता गरेको थियो। त्योभन्दा पहिला नेपाललले भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो

कमेन्टहरु
Loading...