काङ्ग्रेसमा अहिले सम्मकै ठूलो घटना घट्यो

काठमाडौं, मंसिर २३, नेपाली कांग्रेसका नेता गगन थापाले देशभर निर्वाचन परिणाममा कांग्रेस पछाडि पर्नुलाई दुर्घटनाको रुपमा अर्थ्याएका छन्।काठमाडौं क्षेत्र नं ४ मा जितपछि प्रमाणपत्र ग्रहण गर्ने क्रममा थापाले मतपरिणामलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ भएको टिप्पणी गरे। ‘पराजयको विषयमा तुरुन्त र हल्का टिप्पणी गर्नु हुन्न’, थापाले भने, ‘यो विषय यत्तिकै जाँदैन र जानुपनि हुँदैन। एकजनाले दोष बोकेर पनि हुँदैन।’

उनले सिङ्गो कांग्रेस पार्टी ‘रिफर्म’ गर्नुपर्ने बताए। ‘कांग्रेस जसरी चलेको छ त्यसरी चल्न सक्दैन’, थापाको भनाई थियो। उनले निर्वाचन परिणामले कांग्रेसले सरकारमा जाने सम्भावना नदेखिएकाले प्रतिपक्षको सशक्त भूमिमा निर्वाह गर्ने बताए। उनले आफूले उठाउँदै आएको शिक्षा र स्वाथ्यको अजेण्डा अझ जोडका साथ उठाउने बताए।

आफू निर्वाचनका क्रममा सबैभन्दा धेरै ‘प्रोपोगाण्डाको’ शिकार बनेको दाबी गरे। साथै, एमाले अध्यक्ष ओलीले बम आक्रमणको घटनालाई प्रायोजित भनेकोमा आपत्ति जनाए। ‘ओली सम्भवत प्रधानमन्त्री बन्नुहुन्छ होला।

उहाँ जस्तो मान्छेले त्यत्रो बम प्रहारको घटनालाई टिभी अन्तर्वार्तामा हलुका ढंगले तलसम्म गिरेर टिप्पणी गर्नु भएको छ’, थापाले भने, ‘बम हान्ने पक्राउ परेका छन्। प्रायोजित घटना भनेर भनियो।’उनले प्रतिपक्षमा रहँदा कांग्रेस सांसदको रूपमा सरकारलाई संविधानको ट्र्याक बाहिर जान नदिने बताए।

कमेन्टहरु
Loading...