कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप , ४ राउन्ड फायार भयो , केही घाइते

मंसिर २१ – सर्लाहीको कौडेना गाउँपालिका २ मा कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । जनता मावि फुलपरासी मतदान केन्द्रमा एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको हो ।

दुई दलका कार्यकर्ताबिच झडप हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि मतदाताबिच भाग दौड मच्चिएको र त्यसक्रममा लडेर केहि घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । झडपपछि अहिले मतदान रोकिएको छ । सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय र राजपाका महेन्द्र राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

ताजा खबरहरु
कमेन्टहरु
Loading...