अबको पाँच वर्षमा बिजुली धेरै भएर खेर जानेछ : कुलमान

९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोशी आयोजना पुरा भएपछि वर्षाको अफ पिक समयमा विजुली खेर जाने बताएका छन् ।

देशभित्रको आन्तरिक स्रोत जुटाएर विद्युत प्राधिकरणले निर्माण गरिरहेको तामाकोशी आयोजनाले एक वर्षभित्र विद्युत उत्पादन गर्ने गरी कामअघि बढाएको छ । यो आयोजनाको ४५६ मेगावाट विद्युत उत्पादन हुन्छ । हाल नेपालमा १ हजार २८० मेगावाट विजुलीको माग रहेको छ । स्वेदशमा ५८६ मेगावाट भएपनि हिँउदमा भने यो उत्पादन घटेर ४२०मा झर्छ। देशभर लोडसेडिङ हट्नु पछिको कारण भारतबाट गरिने आयात हो। भारतबाट हाल ३९२ मेगावाट विद्युत ल्याएपनि यो बढेर ४७० मेगावाट पुग्ने छ ।

तामाकोसी आयोजनाको लागत  ३५ अर्ब ३० करोड रुपैयाँ छ। कर्मचारी सञ्चय कोषको  १० अर्ब रुपैयाँ, नेपाल टेलिकमको  ६ अर्ब रुपैयाँ, नागरिक लगानी कोषको दुई अर्ब रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको  दुई अर्ब रुपैयाँ लगानी छ ।

कमेन्टहरु
Loading...