सरकारले कोरोना जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा ल्याउने

सरकारले कोरोना बारे जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा ल्याउने
0 254

पोखरा, १५ चैत / सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थितगर्न शनिबारदेखि डाँफे हेल्थ डटकम http://www.danphehealth.com सञ्चालनमा ल्याउने भएको छ । कोरोनाभाइरसका ’boutमा सहीजानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्यमन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदानप्रदानगर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का ’boutमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदन प्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।

डाँफे हेल्थ डकटकम लगइन गरे पछि कोभिड १९ माक्लिक गरेर डाइरेक्ट लगइन माक्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वास्थ्यकर्मीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...