शनिबार र आईतबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने

पोखरा, १ कात्तिक​/शनिबार र आईतबार देशभरीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले आर्थिक बर्ष २०७६-७७ अन्तर्गत पहिलो चरणमा कात्तिक २ गते शनिबार र ३ गते आईतबार देशभरका ७७ जिल्लाका ७ सय ५३ वटै स्थानिय तहहरुमा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमीत रुपमा सन्चालन गर्दै आएको राष्टिय भिटामिन ए कार्यक्रम अन्तर्गत हरेक बर्ष​ कार्तिक २ र ३ गते बालबालिकालाइ भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउने गरीन्छ ।

बाल मृत्युदर घटाउने भिटामिन ए को कमीका कारण हुने रतन्धो लगायतका आँखा सम्बन्धी रोगहरुको रोकथाम गर्ने शरीरमा राम्रो सग लड्ने क्षमता बढाउने तथा भिटमिन ए को कमिलाई जनस्वास्थ्य सम्बन्धी समस्याको रुपमा रहन नदीने उदेश्यले २०५० साल देखि राष्टिय भिटामिन ए को कार्यक्रम गरीदै आइएको छ ।

कमेन्टहरु
Loading...