युआरएलको सहयोगमा सित्तैमा थाइराइज जाँच

पोखरा, २९ पुस/नेपाल मगर संघ नयाँबजार समिति पोखरा ८ ले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो । समाजका सदस्यलाई स्वास्थ्य सचेतना र सुलभ तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २ जनाको थाइराइडसम्बन्धी रक्त परीक्षण गरिएको छ ।

पोखरा ८ सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको रक्त समूह पनि सित्तैमा पहिचान गरिएको थियो । शिविरमा सहभागीहरुलाई अन्य खालका रक्त परीक्षणमा समेत विशेष सहुलियत दिइएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

युआरएलले विभिन्न संघ, संस्था सँगको सहकार्यमा निशुल्क शिविर गर्दै आएको छ । शनिबार आयोजना भएको शिविर ६० औं हो । हालसम्म यस्ता शिविरमा ३६ हजार भन्दा बढीको सित्तैमा जाँच गरिसकिएको छ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले सामाजिक उत्तरदायित्व बोध गर्दै महंगा र संवेदनशील परीक्षणसमेत सित्तैमा र सहुलियता गर्दै आएको छ । जनावरी महिनाभर भिटामिन डिको जाँचमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट दिइएको प्रबन्ध निर्देशक पन्तले बताए ।

कमेन्टहरु
Loading...