युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन

पोखरा, १६ असोज/ स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।

समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नवराज पौडेल, नेपाल पत्रकार महासंघ कास्की सहसचिव दीपक परियार, अधिकारकर्मी रामबहादुर पौडेल र पत्रकार यदुनाथ बञ्जारा छन ।

समितिले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ पत्रकारलाई पुरस्कार दिने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबोरेटरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले यो पुरस्कार स्थापना गरेको हो ।

छनोट समितिले सिफरिस नभई निर्णय नै गर्ने र छनोट भएका प्रतिभालाई वार्षिकोत्सवमा हुने विशेष समारोहमा पुरस्कृत गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

कमेन्टहरु
Loading...