त्रिवि शिक्षण अस्पताल पोखराको शिलान्यास, ३ सय शैयाको अस्पताल बन्ने

पोखरा, १६ माघ / त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखराले आफनै शिक्षण अस्पाताल निर्माण थालेको छ । त्रिवि शिक्षण अस्पताल पोखराको बिहीबार गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङले शिलान्यास गरे ।

पोखरा १२ रामघाटमा रहेको नर्सिङ क्याम्पसले पहिलो चरणमा ३ सय शैयाको शिक्षण अस्पताल निर्माण गर्ने गरि निर्माण कार्य अघि बढाएको हो । ५ वर्षमा ३ सय शैयाको अस्पतालको भवन तयार हुने गरि पहिलो चरणमा गण्डकी प्रदेश सरकारले सिड मनिको रुपमा उपलब्ध गराएको १ करोड रुपौयाँबाट निर्माणको काम अघि बढेको नर्सिङ क्याम्पस पोखराकी क्याम्पस प्रमुख नीता ताम्राकारले जानकारी दिइन् ।

अस्पताल ५ सय शैयाको सम्म हुने गरि निर्माण प्रक्रिया अघि बढेको उनको भनाई थियो । नेपाल सरकार, गण्डकी प्रदेश सरकार, त्रिभुवन विश्वविद्यालय लगायतबाट आवश्यक सहयोग जुटाएर शिक्षण अस्पताल निर्माण गर्ने गरि अस्पतालको शिलान्यास भएको उनले जानकारी दिएन् ।

पोखरा नर्सिङ क्याम्पसको भवन देखि पश्चिम तर्फको ३५ रोपनी १२ आना क्षेत्र फलको जग्गा मध्ये २३ रोपनी १२ आना जग्गामा क्याम्पस संचालन भएको ३६ वर्ष पछि शिक्षण अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो । नर्सिङ क्याम्पस भएको क्षेत्रमा क्याप्सको ९८ रोपनी जग्गा रहेको छ ।

अहिले यस क्याम्पसका विद्यार्थी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा प्राक्टीकल कक्षाकालागि जाने गर्दछन् । नर्सिङ क्याम्पसमा अहिले बिभिन्न तहमा गरि २ सय ३८ विद्यार्थी अध्ययनरत छन् । शिक्षण अस्पतालको भवनको लागत १ अरर्व २१ करोड लाग्ने अनुमान गरिएको छ । छिट्टै नै डिपीआर पुरा हुने गरि काम अघि बढेको बताइएको छ ।

अस्पताललाई चाहिने आवश्यक सम्पूर्ण सामग्री सहित तयारी अवस्था सम्म २ अर्व भन्दा बढि लाग्ने अनुमान गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेशले गुणस्तरीय स्वास्थ्यकालागि शिक्षण अस्पताल निर्माणमा नेतृत्व र समन्वय गर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा र राजिव पहारीले गण्डकी प्रदेशमा बन्दै गरेको शिक्षण अस्पतालका लागि आवश्यक आर्थिक स्रोत जुटाउन लाग्ने प्रतिवद्धता जनाएका थिए ।

कमेन्टहरु
Loading...