नेपाल निपा भाइरसको जोखिममा, भारतमा ११ जनाको मृत्यु

पोखरा, ११ जेठ /छिमेकी देश भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको मृत्यु भईसको छ । नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर नेपालमा यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न पूर्वतयारी छैन ।

निपा भाइरस सार्नसक्ने टेपोपस प्रजातिको चमेरो नेपालमा पनि भएको भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, नेपाल र बंगलादेश सहित यो रोगको जोखिम भएको देशको सूचीमा राखेको छ । चमेरोबाट मान्छेमा सरेपछि मान्छे सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ ।

त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जतिल बन्छ । यो रोगको संक्रमण भएपछि ७० प्रतिशत बिरामीको ४८ घण्टा भित्र मृत्यु हुने गरेको छ । यो भाइरसको संक्रमणबाट बच्न रुखबाट टिपिएको फलफूलमा केहीले टोकेको जस्तो देखियो भने त्यस्तो फलफूल नखाने, चमेरोलाई नछुने र त्यसको आसपास पनि नजाने उपाय चिकित्सकले सुझाएका छन् ।

यो रोगको भाइरस चमेरोको दिसा, पिसाब र र्यालबाट सर्छ । बिरामीको शरीरबाट निस्किने कुनै पनि तरल पदार्थ र हाच्छिउँ गर्दा समेत स्वस्थ मानिसमा भाइरस सर्न सक्छ । सुरुमा ज्यारो आउने, टाउको दुख्ने यो रोगको लक्ष्ण हो । निपा संक्रमण एको ४ देखि १८ दिनसम्ममा पनि रोगको लक्षण देखिन सक्छ । लक्षण देखिपछि यसले तत्काल स्नायु प्रणालीमा असर गरेर बिरामीलाई बेहोस गराउँछ ।

थप जानकारीका लागि आजको नागरिक दैनिक अध्ययन गर्न सक्नुहुने छ । हामीले पनि त्यसैबाट लिएका हौ ।

कमेन्टहरु
Loading...