थप २७९ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ३ जना थपिए

काठमाडौं, २८ जेठ / पछिल्लो २४ घण्टामा थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३ जनाको संक्रमण देखिए सँगै १ सय ४७ जना पुगेको छ । निको भएर घरफकिनेको सख्या ११ पुगेको छ ।

कमेन्टहरु
Loading...