नेपालमा थप दुई जनामा कोरोना संक्रमण, १ सय १ जनामा कोरोना

पोखरा, २५ वैशाख/ कपिलबस्तुमा बिहीबार दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको पुष्टि भए सर्गै नेपालमा कोरोना भाइरसका संक्रमितको सख्या १ सय १ पुगेको छ ।

कपिलबस्तु ८ निवासी १६ बर्षिय र २२ बर्षिय पुरुषमा संक्रमण देखिएको हो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ३० जना निको भएर घर फर्कि सकेका छन् ।

कमेन्टहरु
Loading...