शिसुवा अस्पतालको अध्यक्षमा डाक्टर नारायण ओझा

पोखरा , १२ चैत्र /लामो समयदेखि रिक्त रहेको शिसुवा अस्पतालको अध्यक्षमा डाक्टर नारायण ओझा चयन भएका छन् । पोखरा महानगरपालिकका वडा नम्वर​ ३० मा रहेको शिसुवा अस्पताल संचालक समितिको अध्यक्षमा डाक्टर ओझा हालै चयन भएका हुन् ।

नव नियुक्त अध्यक्ष ओझालाई पोखरा महानगरपालिकका प्रमुख मानवहादुर जिसी  र स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले एक कार्यक्रमका बिच​ पदभार ग्रहण गराएका छन्  ।रुपा गाऊपालिकाको थुम्कीमा जन्मिएका नव नियुक्त अध्यक्ष ओझा स्वास्थ्य क्षेत्रमा अनुभबी ब्यक्ति मानिन्छन् ।

कमेन्टहरु
Loading...