दुबै मिर्गौला पीडित चौलागाईद्वारा सहयोगको अपिल

पोखरा, १८ फागुन/ मिर्गौला पीडित टंकनिधी चौलागाईले सहयोगको अपिल गरेका छन् । दुबै मिर्गौला फेल भएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चौलागाईले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् ।

सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका वडा नम्बर ७ धिकझोरा निवासी चौलागाईले ५ वर्षदेखी मिर्गौला फेल भएर थलिएपनि आर्थिक अभावमा मिर्गौला ट्रान्सप्लान्ट गर्न नसकेको बताए । मिर्गौलाको डायलोसिस गर्दागर्दै भएको जायजेथासमेत बेचिसकेकाले थप उपचार र मिर्गौला ट्रान्सप्लान्टका लागि सहयोग गरिदिन उनले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरे ।

उनका अनुसार मिर्गौला ट्रान्सप्लान्ट गर्न करीब ३० लाख रुपैयाँ लाग्छ । मिर्गौला ट्रान्सप्लान्ट गर्ने आशामा बसेका उनको हाल हरेक ३/४ दिनमा डायलोसिस गर्नुपर्ने अवस्था रहेको चौलागाईकी श्रीमती कमला ढकाल चौलागाईले जानकारी दिईन् । डायलोसिस गर्नुपनि समस्या रहेको बताउँदै उनले भनिन्,‘सरकारी अस्पतालमा हाल १५/१५ दिनमा डायलोसिसको पालो छ, तर ३/४ दिनमै विरामीले गाँजेपछि प्राइभेटमा लगेर डायलोसिस गर्दै आएका छौं ।’ उनलेपनि आर्थिक सहयोग गरेर आफ्नो श्रीमान बचाईदिन आग्रह गरिन् ।

बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरीको लालनपालनमा लाग्नुपर्ने बेलामा दुबै मिर्गौला खराब भएर चौलागाई आफै थलापरेपछि परिवारको बिचल्ली भएको छ । आफूले उपचार पाए परिवारसहित देशको सेवा गर्ने आफ्नो इच्छा रहेको बताएका छन् ।

चौलागाईलाई सृजना फाइनान्सको ०१८१०४०००५७५५७०००००१ मा रकम जम्मा गर्न सकिनेछ । त्यस्तै मोवाइल नम्बर ९८४२६७४४३५ मा सम्पर्क गरेरपनि सहयोग गर्न सकिने चौलागाईकी श्रीमती कमला चौलागाई ढकालले जानकारी दिईन् ।

कमेन्टहरु
Loading...