नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकीको अध्यक्षमा योगी

कृष्ण आचार्य, पोखरा, ७ असोज /नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेशको अध्यक्ष गोबिन्द योगी चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट हिमालय आँखा अस्पताल पोखरामा कार्यरत योगी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।युनियनको उपाध्यक्षमा पद्म नर्सिङ होम पोखरामा कार्यरत कालिदास शर्मा, सचिबमा लम्जुङ्ग सामुदायिक अस्पताल लम्जुङ्गका गनेस गुरुङ, कोषाध्यक्षमा लम्जुङ्ग कै प्रतिमा राई, र उपसचिबमा मनिपाल अस्पताल पोखराका पुण्य प्रसाद पौडेल चयन भएका छन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकीको अध्यक्षमा योगी

यसैगरी युनियनको सदस्यहरुमा तनहुँका प्रभात अधिकारी र तनहुँकै देबीभक्त राना निर्वा्चित भएका छन् ।अन्य जिल्ला समेटेर बाँकी चार सदस्य पछि मनोनित गरिने युनियनले जनाएको छ । “स्वास्थ्य क्षेत्रको सरोकार ः सामाजिक सुरक्षा र मर्या्दित रोजगार” भन्ने नाराका साथ सुरु अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद एवंम जिफण्ट महिला बिभाग प्रमुख मिना गुरुङले आफ्नो हक र अधिकारका लागि संगठित हुन जरुरी रहेकोले अधिकारको लडाईमा एकताबद्द हुन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् । उनले स्वास्थ्य क्षेत्र आफैमा संबेदनशिल क्षेत्र भएकोले पेशागत सुरक्षाको लागि पनि युनियनको आवश्यकता रहेकोमा जोड दिईन् ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले नयाँ संरचना अनुसार आफुहरुले पनि आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको भन्दै सातवाटै प्रदेशमा प्रदेश कमिटीहरु निर्माणमा अगाडि बढेको बताए । फाईदा मात्रै खोज्ने तर कर्मचारीलाई सेवा सुबिधा नदिने ब्यवस्थापकसंग आफुहरुको लडाई रहेको भन्दै उनले अब श्रम एनले तोकेका हरेक सेवा सुबिधा दिन ब्यवस्थापक बाध्य हुने बताए । स्वस्थ्य क्षेत्रमा युनियन अधिकार स्थापनाका लागि अब सबै स्वस्थ्यकर्मी तथा कर्मचारीहरु एकताबद्द हुन जरुरी रहेको उनको भनाई थियो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय महासचिब कमला लुईटेल कुईकेलले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको हक र हितका लागि युनियन संधै अग्र स्थानमा रहने भन्दै एकताबद्द भएर आवज बुलन्द गर्न सबैलाई आग्रह गरिन् । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश ईन्चार्ज एवं केन्द्रिय सदस्य राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट गण्डकी प्रदेशका उप सचिब सङ्गिता पाण्डे, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पतालका अध्यक्ष सुवास नेपाल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...